मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नवलपुरको जनता माध्यमिक विद्यालयमा हिंसा र द्वन्द्व सम्बन्धी सचेतना कार्यक्रम

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

नवलपुर । मध्यविन्दु नगरपालिका वडा नम्बर ३, इटौरामा अवस्थित जनता माध्यमिक विद्यालय नन्दभाउजुमा हिंसा र द्वन्द्व सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । किशोरी सशक्तीकरण कार्यक्रमको एक भागको रूपमा आयोजना गरिएको यस कार्यक्रममा ३० जना साथी शिक्षकहरूले विद्यालय र समुदाय स्तरमा सिकेका कुराहरू आफ्ना साथीहरूलाई सिकाएका थिए ।

जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलनको सहयोग र मध्यबिन्दु नगरको साझेदारीमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाका महासचिव दिपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, यस्ता कार्यक्रमहरूले किशोरकिशोरीहरूलाई सशक्त बनाउन मद्दत पुर्याउँछ ।

कार्यक्रममा, सहजकर्ता तथा साथी शिक्षक जेसिका महतोले हिंसा र द्वन्द्वको परिभाषा, प्रकार, सम्भावित स्थान र पात्रहरू, नकारात्मक प्रभावहरू र बच्ने उपायहरू जस्ता महत्वपूर्ण विषयहरूमा छलफल गराउनुभएको थियो । यस कार्यक्रमले युवाहरूमा हिंसा र द्वन्द्वबारे चेतना जगाई एकअर्कालाई सहयोग गर्ने भावनाको विकास गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ । कार्यक्रममा सहभागीहरूले हिंसा र द्वन्द्वमुक्त समाज निर्माणमा आफ्नो तर्फबाट योगदान दिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार