मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

Ujyalosandeshonline 12431+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताए ।

उनले भने, ‘बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो । बोलबम लगायतका मौलिक परम्पराको जगेर्नाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबम लगायतका हाम्रा धार्मिक, पर्यटकीय एवं संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवाह गराउने यस्ता आयोजनाहरूले हाम्रो पहिचानलाई अझ सुदृढ बनाउने मन्त्री यादवले विश्वास व्यक्त गरे । उनले भने, ‘हिन्दुहरुको धार्मिक आस्थाको धरोहर भनेको भगवान पशुपतिनाथ हो । जो नेपालमा छ । बोलबम काँवर यात्रीले पशुपतिनाथमा जल चढाउछन् । उनीहरुले हिन्दु धर्मको रक्षा गर्ने छन् ।’

आज सोमबार भगवान पशुपतिनाथमा बोलबम काँवर यात्री लगायतले सहज रुपमा जल चढाउन सक्ने गरी त्यहाँको एउटा ढोका खोल्नका लागि आफुले पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य, पदाधिकारी, पर्यटनमन्त्री लगायतसँग समन्वय गर्ने समेत आश्वासन दिए ।

मन्त्री यादवले नेपालभरिका विभिन्न शिवालयहरूमा श्रावण महिनाको पावन अवसरमा काँवरिया भक्तजनहरूद्वारा गरिने विशेष पूजापाठ र साधनाले हाम्रो मौलिक संस्कारको समृद्धि र निरन्तरतामा अतुलनीय योगदान दिँदै आएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार