मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडीमा जलपंक्षी गणना सुरु

रासस 459+ समाचार ( )
१९ पौष २०८२, शनिबार

घोडाघोडी (कैलाली) । नेपालको पहिलो वर्ड स्याङ्क्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षी गणना सुरु भएको छ । जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजदेखि गणनामा खटिएको छ । टोलीका अनुसार यही पुस २१ गते सम्म घोडाघोडीमा जलपंक्षी गणना हुनेछ । 

चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ । घोडाघोडीमा जलपंक्षी हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक गणना गरिँदै आइएको चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरेले जानकारी दिनुभयो । उहाँका अनुसार गणनापछि उनीहरूको अवस्था र चुनौती पत्ता लगाइनेछ । 

चरा संरक्षण नेटवर्क कैलालीका सचिव राम कुमारले यहाँ जलपंक्षीको सङ्ख्या घट्दै गएको जानकारी दिनुभयो । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले घोडाघोडीमा जलपंक्षीको सङ्ख्या घट्दै जानुको कारण चोरी सिकारी रहेको बताउनुभयो । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले सिमसार क्षेत्र घोडाघोडी प्राकृतिक सम्पत्ति भएकाले यसलाई सबै मिलेर जोगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको क्षेत्र हो, चराहरूको वासस्थानलाई पनि बचाउँदै  जैविक विविधतालाई संरक्षण गर्दै यहाँ संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।” 

चराहरूको संरक्षणका लागि उनीहरूको बास स्थान जोगाउनुपर्ने घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले बताउनुभयो । वर्ड स्याङ्क्चुरी घोषणामा मात्रै सीमित नराखी त्यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।नेपालमै सबैभन्दा धेरै ताल तलैया भएको जिल्लाका रूपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताउनुहुन्छ । 

चौधरीका अनुसार घोडाघोडीमा पहिले दुई हजार २२ सयको हाराहारी जलपंक्षी रहेकामा त्यो सङ्ख्या गत वर्ष ११ सयमा समेटिएको बताउनुभयो । “घोडाघोडीको सूचक प्रजातिको रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ । बच्चा कोरल्ने र हुर्काउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,” अध्यक्ष चौधरीले बताउनुभयो । घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार