मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


भैरहवा बितरक संघको साधारणसभा एवम अधिवेशन सम्पन्न

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ पौष २०८०, शनिबार

भैरहवा । स्थानिय तह पिच्छे वितरक थप्दै जादा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै बितरकहरुले असन्तुष्टि जनाएका छन । शनिबार भैरहवामा सम्पन्न भैरहवा बितरक संघको तेश्रो साधारणसभामा बोल्ने वक्ताहरुले अस्वस्थ प्रतिस्पर्धाका कारण ब्यवसायीहरु पलायनको अवस्था आएको उनिहरुले बताए । 

कार्यक्रममा बोल्दै बितरक संघका लुम्बिनी प्रदेश अध्यक्ष मनिश कुमार जोशीले पालिका पिच्छे बितरक थप्दै जानुले समस्या निम्त्याएको बताए । "बिक्री गर्ने बजार अत्यन्तै सानो छ, सबैले यहि बिक्री गर्नु परेको छ ।" जोशीले भने " यसले ब्यवसायीहरुम अस्वस्थ प्रतिस्पर्धा बढाएको छ, यसको समाधानको लागि सबै एक हुन आवश्यक छ ।"

बिभिन्न कम्पनीहरुले एउटा बितरकको हिसाब मिलान नहुदै अर्को बितरक थप्नले पनि समस्या आएको बताए । 

सिद्धार्थ उध्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अहिले ब्यवसायीहरु हतोत्साहित भएको बताए । सरकारको निति नै उध्योगी ब्यपारी मैत्री नभएको बताए । कम्पनीहरुले बितरक माथि गर्ने ब्यवहार परिवर्तन हुदै गैरहेको उनले बताए । उनले अहिले परिस्थिति फरक हुदै गएको बताउदै श्रेष्ठले धेरै बितरकहरु ब्यपारबाट पलायन हुदै गएको जिकिर गरे ।  उनले खुल्ला सिमाना नेपालको ब्यवसायको मूल समस्या भएको बताए । घरायसी प्रायोजनको नाममा  आउने समानहरुको रोकथाममा  उध्योग बाणिज्य संघ बलियो भएर लागेको उनले बताए ।

यस्तै सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले बितरण प्रक्रियालाइ मिलाउनु पर्ने आवस्यकता औल्याए । पालिका स्तरमै बितरक राखिनुले सन्तुलन बिग्रने उनले बताए । "पालिका स्तरमा बिकासका कामलाइ बिकेन्द्रीकरण गर्ने हो, सबै कुरा टोल टोलमा बाड्ने हैन ।" पाण्डेले भने "बिकट गाउमा सेवा पुग्नु पर्छ समान पनि बितरण हुनु पर्छ तर त्यसले अस्वस्थ प्रतिस्पर्धा हुनु भएन ।"

उनले अहिल्र संघले प्रदेशलाइ अधिकार नदिएको हुदा समस्या आएको बताए । यो समस्या धेरै दिन सम्म रहन नहुने उनले धारणा राखे । 

भैरहवा बितरक संघका अध्यक्ष राज कुमार जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ सन्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली, उध्योग ब्यपार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ उध्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, मदिरा ब्यवसायी संघका अध्यक्ष केशव राज ज्ञवाली, जितेन्द्र-मणि स्मृति प्रतिष्ठानका अध्यक्ष तिर बहादुर रोक्का लगायतले बोल्दै सरकारले ब्यपार मैत्री निति बनाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रम सघका वरिष्ठ उपाध्यक्ष अभिनव मयुर कशौधनले सन्चालन गरेका थिए । 

पत्रकार शर्मा नगद सहित सम्मानित 

भैरहवा बितरक संघले तेश्रो बार्षिक साधारणसभा एवम दोश्रो अधिवेशनमा पत्रकार मनोरन्जन शर्मालाइ नगद सहित सम्मानित गरेको छ। संघको स्थापनाकाल देखि नै संस्थापक सल्लाहकार पदमा रहेर सल्लाह दिएको भन्दै नगद २५ हजार सहित सम्मानित गरिएको हो । उनलाइ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डे र संघका अध्यक्ष राज कुमार जोशीले संयुक्त रुपमा सम्मानित गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार