मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रियामा छौं : मन्त्री शर्मा

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । शुक्रबार पुल्चोक इन्जिनियरिङ अध्ययन सस्थानमा लोकस प्रर्दशनी २०२४ को उदघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरिसकेको भन्दै त्यसकै आधारमा आवश्यक नियम कानुनहरु र राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको बताएकी हुन् । 

उनले भनिन्,‘हामीले नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित ग¥यौं । यहि नीतिको आधारमा आवश्यक नियम कानुनहरु र राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । अब चाँडै क्याविनेटले पारित गरेर नेपालमा सरकारी स्तरमा राष्ट्रिय साइबर सुरक्षा केन्द्र निर्माण हुने पक्रियामा पुगेका छौं ।’ 

उनले अहिले सुचना सञ्चार र प्रविधिको क्षेत्रमा डिजिटल डिभाइड ठूलो चुनौतीको रुपमा रहेको बताइन् । जनताको दैनिक जीवनलाई सहज बनाउन डिजिटल पूर्वाधार परिचालन गर्न आवश्यक जनशक्तिको विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । 

‘जनताको दैनिक जीवनलाई सहज बनाउन, समृद्धिको बाटोमा अगाडि बढाउन डिजिटल पूर्वाधार निर्माण र परिचालन गर्ने आवश्यक जनशक्तिको विकास गर्नु आजको हाम्रो आवश्यकता हो । देशका सबै ठाउँमा डिजिटल पूर्वाधारको विकास गर्न सकिरहेका छैनौं । अर्कोतिर शिक्षा चेतना आर्थिक अवस्थाका कारण सबै नागरिकले सुचना प्रविधिको प्रयोग गर्ने अवस्था सृजना गर्न सकेका छैनौं, ’उनले भनिन्,‘कतिपय ठाउँमा पहुँच पु¥याउन सकेका छैनौं । कतिपय पुगेको ठाउँमा पनि प्रयोग गर्ने सामथ्र्य र चेतना छैन् । यसैलाई हामीले डिजिटल डिभाइड भन्छौ । यो अहिलेको सुचना सञ्चार र प्रविधिको क्षेत्रमा यो निकै ठूलो चुनौती हो ।’ 

उनले अब सूचना र प्रविधिको विकासबाट भागेर होइन यसको उचित प्रयोग र आवश्यक विकास गरेरमात्र देशलाई अगाडि बढाउन सकिने टिप्प्णी गरिन् । अब डिजिटल रुपान्तरणविना कुनैपनि क्षेत्रमा अगाडि बढ्नसक्ने परिस्थीति नरहेको उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार