मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

नाबालकसहित बेपत्ता महिला मृत भेटिइन्

Ujyalosandeshonline 11474+ समाचार ( )
१५ माघ २०८०, सोमबार

विराटनगर । तीन साताको नाबालकसहित बेपत्ता भएकी महिला ताप्लेजुङमा मृत अवस्थामा भेटिएकी छन् । पाँचथरको याङवरक गाउँपालिकाकी २६ वर्षीया यमुना भूर्तेल चापागाईंको शव तमोर नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा पर्ने तमोर नदी किनारमा सोमबार उनको शव भेटिएको उल्लेख गर्दै नाबालकको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान बच्चालाई खोप लगाउन भनेर घरबाट हिँडेकी उनी अबेरसम्म नफर्केपछि खोजी गरिएको थियो ।

खोजीका क्रममा ती महिलाले प्रयोग गरेको मोबाइल र उनका केही कपडा आइतबारै तमोर नदी किनारमा भेटिएको थियो । त्यसपछि ती सामान भेटिएको स्थान आसपास क्षेत्रमा स्थानीय बासिन्दा र प्रहरी मिलेर उनको खोजी गरेका थिए । खोजीका क्रममा केही तल तमोर नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनको के कारणले मृत्यु भएको भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान र नाबालकको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार