मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरद्वारा क्रिकेटर तृष्णा विश्वकर्मालाई सम्मान

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

भैरहवा । क्रिकेटर तृष्णा विश्वकर्मालाई रुपन्देहीको भैरहवामा सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै भैरहवामा एक कार्यक्रमबीच सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले नगदसहित सम्मान गरेको हो ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निवासी विश्वकर्मालाई संघले ३५ हजार ५ सय रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको संस्थाका प्रथम उपाध्यक्ष सुनिल सेन्चुरीले जानकारी दिए । विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, पूर्व प्रदेश उपाध्यक्ष विक्रम सुनार, प्रदेश सदस्य प्रकाशमणि विश्वकर्मा, नगर अध्यक्ष राजन रसाइली, संघका प्रथम उपाध्यक्ष सुनिल सेन्चुरी र महासचिव गणेश विश्वकर्माले सम्मान गरे ।

विश्वकर्मा सम्मलित नेपाली राष्ट्रिय महिला टीमले केही महिना अघि युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जीत निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो । सम्मानित भएपछि विश्वकर्माले आफूले आफ्नो टीमको जीतका लागि सधै प्रयास गर्दै आएको र विश्वकपमा पनि अझ राम्रो गर्ने बताइन् । यस्ता सम्मानले आफूलाई हौसला मिलेको क्रिकेटर विश्वकर्माको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार