मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

क्यासिनोमा नेपालीलाई जुवा खेलाउने ६ जना पक्राउ

Ujyalosandeshonline 11011+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न क्यासिनोमा गरिएको चेकजाँचका क्रममा ६ जनालाई जुवा खेल्दै र खेलाउदै गरेको अवस्थामा पक्राउ गरेको छ । 

प्रहरीका अनुसार मिति २०८२ चैत २५ गते राति करिब १० बजे रुपन्देहीको मणिग्राम स्थित सिएमजी क्लब क्यासिनोमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा जुवा खेलाउने कार्यमा संलग्न सर्लाही बरहथवा नगरपालिका–८ निवासी ३१ वर्षीय मुकेश कुमार श्रेष्ठ र ललितपुर गोदावरी नगरपालिका–१५ निवासी ४१ वर्षीय अजय के.सी रहेका रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्ण कुमार चन्दले बताउनुभयो । 

यस्तै जुवा खेल्ने कार्यमा संलग्न बुटवल उपमहानगरपालिका–१२ निवासी ३५ वर्षीय गोबिन्द शर्मा, वडा नम्बर ९ निवासी ३५ वर्षीय बासुदेव गौतम, सोही स्थानका ३५ वर्षीय कृष्ण गौतम तथा वडा नम्बर ११ निवासी ३६ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ पक्राउ परेका चन्दले जानकारी दिनुभयो । 

प्रहरीले उनीहरुको साथबाट नेपाली नगद २ लाख १७ हजार ३९० रुपैयाँ, भारतीय नगद ३ हजार ५०० रुपैयाँ, क्यासिनो कोइन (भारु) १ लाख २५ हजार, विभिन्न कम्पनीका ६ थान मोबाइल सेट र ७ गड्डी तास बरामद गरेको जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको चन्दले जनाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार