मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

लोकसेवा परीक्षा उत्तिर्ण भएपछि उत्तरदायित्व बढ्छ : मन्त्री गुप्ता

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तिर्णले सबै नागरिकमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तिर्ण गरेपछि निजामति सेवामा प्रवेशको साथै जिम्मेवारी पनि प्राप्त हुने भन्दै यसलाई इमान्दार भएर निर्वाह गर्न आग्रह गरेका छन् । 

उनले भने, ‘लोकसेवाले सञ्चालन गरेको परीक्षा उत्तिर्ण गरेर निजामति सेवामा प्रवेश गर्नु एउटा महत्वपूर्ण उपलब्धी हो । यसले अवसर मात्र दिएको होईन्, उत्तरदायित्व र जिम्मेवारी पनि थपेको हो । यसलाई आत्मसाथ गरेर नागरिकमैत्री सेवा प्रदान गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’ 

यस्तै, उनले स्टाफ कलेजले प्रदान गर्ने तालिमलाई अझ गुणस्तरीय बनाउन मन्त्रालयको तर्फबाट सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

उनले भने, ‘स्टाफ् कलेजले प्रदान गर्ने तालिमलाई अझ गुणस्तरीय बनाउन र तपाईहरुको कार्यकारी निर्देशकसँग निरन्तर छलफल गरिरहेका छौ । यसको क्षमता विकासमा मन्त्रालयको तर्फबाट सँधै सहयोग रहने र आवश्यक परेको समयमा नेतृत्व लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’ साथै, उनले राष्ट्र र पेशाप्रति इमान्दार रहि सत्य र निष्ठापूर्वक काम गर्न सबैलाई आग्रह गरेका छन् ।        

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार