मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड

Ujyalosandeshonline 11009+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिहरू, शिक्षाविद्, संचारकर्मी, नागरिक समाजका अगुवाहरू, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रह्यो । सहभागीहरूले मुलुकको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक परिदृश्यमा विद्यमान विविध जटिल विषयहरूबारे पार्टी नेतृत्व समक्ष जिज्ञासा र सुझावहरू राखेका थिए । 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समग्र विकास प्रक्रिया विशेषतः तराई–मधेश क्षेत्रको योगदानबारे चर्चा गर्दै हालै तीनकुनेमा राजावादी समूहद्वारा सञ्चालित आन्दोलनका क्रममा पत्रकारहरूलाई जिउँदै जलाउने प्रयास, उद्योग व्यवसायमाथि आगजनी तथा तोडफोडजस्ता आपराधिक कार्यहरूले राजावादी प्रवृत्तिको वास्तविकता उजागर गरेको स्पष्ट गरे ।

यस्ता अराजक गतिविधिहरूले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पु¥याउने हुँदा सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भई त्यसको प्रतिवाद गर्नुपर्ने उनको भनाई छ । सहभागीहरूले बैंकिङ क्षेत्रको ब्याजदरसम्बन्धी अस्थिरताले व्यवसायमा परेको प्रतिकूल असरबारे अवगत गराउँदै व्यवसायिक वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

साथै, हाल देशभर जारी शिक्षक आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै त्यसको समाधान गरी बालबालिकालाई पठनपाठनमा फर्काउने वातावरण निर्माणको माग राखिएको अध्यक्ष प्रचण्डले शिक्षकका माग पुरा गर्न आफु प्रधानमन्त्री हुँदा सदनमा बिधयेक दर्ता गरेको जानकारी दिए । उनले विकासको मोडल स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित हुनुपर्नेमा जोड दिँदै, राष्ट्रिय हितलाई केन्द्रमा राखी समावेशी, सन्तुलित र दिगो विकासका बाटाहरूको खोजी गर्नु आजको अपरिहार्यता भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार