मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज

रासस 540+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौँ  । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको स्पष्ट पार्नुभयो ।

 प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज रासससँगको कुराकानीमा उहाँले सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन नेपाली सेनासहितका सुरक्षा फौज परिचालित भई कार्य क्षेत्रमा खटिइसकेको बताउनुभयो । यही फागुन २१ गते मुलुकभर एकैचरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले देशभरका सबै मतदान स्थलमा निर्वाचन अधिकृत, निर्वाचन सामग्रीसहित नेपाल प्रहरीको टोली पुगिसकेको जानकारी दिनुभयो । मौनअवधिमा निर्वाचन विरोधी गतिविधि गर्ने, सामाजिक सञ्जालको दुरूपयोगलगायतका गतिविधि रोक्न सम्पूर्ण प्रहरीलाई विशेष निर्देशन दिइएको जानकारी दिँदै उहाँले त्यस्ता गतिविधिमा लाग्ने व्यक्तिको पहिचान, नियमन र नियन्त्रण गरी संलग्नलाई कारबाही गर्न खटाइसकेको बताउनुभयो ।

 प्रवक्ता काफ्लेले निर्धक्क भएर अमूल्य मत दिन आग्रह गर्नुभयो । उहाँका अनुसार देशभर २०० को सङ्ख्यामा रहेका साइबर प्रहरीले सामाजिक सञ्जालको निगरानी गरी त्यसखालको दुरूपयोग हटाउन सक्रिय रहेका छन् । त्यसक्रममा ३४ जना पक्राउ परेका छन् ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न पनि धमाधम पक्राउ परिरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट चारवटै सुरक्षा निकाय निकाय समन्वयात्मकरूपमा परिचालित भई सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभयो । “धेरै स्थानमा गस्ती तथा ‘चेकप्वाइन्ट’मार्फत निर्वाचन विरोधी गतिविधि रोक्न परिचालित भएका छौँ”, उहाँले भन्नुभयो ।

 सूचनाको विश्लेषण गरी एकीकृत सुरक्षा योजनाअनुसार थप सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै प्रवक्ता भट्टले ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गर्नुभयो । एक सय ६५ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा वेस स्थापना भएका छन् । फागुन ७ गतेदेखि सबै क्षेत्रमा नियमित गस्ती टोली खटिइएका छन् । यसअघिको निर्वाचनको संवेदनशीलता हेरेर सुरक्षा विश्लेषण गरी मजबुत तुल्याइएको प्रवक्ता भट्टले जानकारी दिनुभयो । यस्तै सीमावर्ती क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष निगरानी गरिएको र गए रातिदेखि अन्तरराष्ट्रिय सीमानाका बन्द भएको उहाँले जानकारी दिनुभयो । 

धमाधम मतदान केन्द्र व्यवस्थापन गरिँदै 

यसैबीच, मतदान कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसहितको टोली आज मतादन केन्द्र व्यवस्थापनमा जुटेको छ । निर्वाचनका लागि प्राप्त निर्वाचन सामग्री र स्थानीय स्रोतसाधन सङ्कलन गरी मतदान केन्द्र र मतदान स्थल निर्माण गरिएको छ । कतिपय स्थानमा आज सर्वदलीय बैठकसमेत सम्पन्न भएका छन् । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले मतदान केन्द्र निर्माण, सर्वदलीय बैठकलगायतका व्यवस्थापकीय काम धमाधम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण मतदान अधिकृतले मतदान सामग्री सम्पूर्णरूपमा बुझिसकेका छन् । भोलि सबै मतदान केन्द्र तयार हुन्छन् । फागुन २१ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान हुनेछ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार