भैरहवा । लुम्बिनी नवयुवा क्लब र वल्र्डलिंक कम्युनिकेशन लिमिटेडको संयुक्त आयोजनामा लुम्बिनीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिभिन्न बिरामीहरुलाई रगतको अभाव हुन नदिन “आज अरुको लागि भोली आफ्नो लागि” भन्ने नारा सहित रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रममा ३५ पोका रगत संकलन भएको लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए ।