मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सहकारीमा तोडफोड, नौ जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

पोखरा । सहकारी तोडफोड गरेको आरोपमा कास्की प्रहरीले मंगलबार ९ जनालाई पक्राउ गरेको छ । पोखरा–३० शिशुवामा रहेको चक्रदेवी बहुमुखी सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेर कर्मचारीमाथि हातपातसमेत गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे–५ रिभानमा ३६ वर्षीय प्रकाश बिक, झापाका ४० वर्षीय राजीव प्रसाईं, पोखरा–२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, २९ वर्षीय समीन विक, २७ वर्षीय सञ्जीव सुनार छन् ।

यसैगरी, पोखरा–२७ का यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देहीका ४७ वर्षीय कमला चन्द र नवलपरासीका वर्षीय ४२ की विष्णु बोहरा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुले टेलिफोन तथा इन्टरनेटको तार समेतमा क्षति पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको डीएसपी वसन्तकुमार शर्माले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार