मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |
मुख्य समाचार
कपिलवस्तुमा चिनियाँ पेस्तोलसहित एक युवक पक्राउ | डण्डा खोलामा फोहोर फाल्न सर्वोच्चको रोक, वैकल्पिक स्थान खोज्न आदेश | सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन |


निर्माण सम्पन्न भएको ११ बर्ष पछि पोखरभिण्डी माविको उद्घाटन

Ujyalosandeshonline 11013+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

भैरहवा । रोहिणी गाउँपालिका वडा नम्बर २ मा रहेको पोखरभिण्डी माध्यमिक बिद्यालयको निर्माण सम्पन्न भएको ११ बर्ष पछि उद्घाटन भएको छ । २०६९ सालमा निर्माण सम्पन्न भए पनि निर्माण भएको ११ बर्ष पछि आईतबार मात्र उप–राष्ट्रपति राम सहाय प्रसाद यादव एवम नेपालका लागि भारतका कार्यवाहक राजदूत प्रशन्न श्रीवास्तवले गरेका छन् । 

भारतीय सहयोगमा बनेको १२ कोठाको उक्त बिद्यालय  निर्माण भएको लामो समय भए पनि उद्घाटन हुन सकेको थिएन । यद्दपी बिद्यालयमा निर्माण सम्पन्न भए लगत्तै अध्ययन एवम अध्यापन कार्य हुदै आएको थियो । 

बिद्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले नेपाली बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दुतावसले गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृति र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकोमा भारत सरकारलाई धन्यवाद दिए । । 

उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्रको विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेको जनाए । उनले शिक्षकको दरबन्दी र विद्यार्थीको अनुपात मिलाउन लाग्नुपर्नेमा समेत जोड दिए ।  

उपराष्ट्रपति यादवले विनाभिसा दुई देशका नागरिक आवतजावत गर्न सक्ने गरी स्थापित नेपाल–भारत सम्बन्ध अन्यत्र विरलै पाइने जनाए । दुई देशबीच सदियौंदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अन्य मुलुकका लागि उदाहरणीय मात्रै नभई अद्वितिय र प्रशंसनीय रहेको उनको भनाई छ । नेपालको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा भारतले गर्दै आएको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको उपराष्ट्रपति यादवले जनाए ।  

नेपाल र भारत बिच रोटी बेटीको सम्बन्ध मात्र नभई दुवै देश बिच बैवाहिक, सांस्कृतिक, धार्मिक, पर्यटन एवम रोजगारी क्षेत्रमा एक अर्काको परिपूरकको रुपमा रहेको छ ।” उनले भने “यो अतयन्तै सुखद र राम्रो बिषय हो, यसलाई जिवन्त बनाइराख्न आवश्यक छ ।”

नेपालका लागि भारतीय कार्यबाहक राजदुत प्रशन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै मजबुत बनाउँदै लगेको बताए । उनले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै खासगरी शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जानकारी दिए । उनले भारतसँगको सहकार्य र भारतको सहयोगमा निरन्तर नेपाली नागरिकले समर्थन गरिरहेको भन्दै प्रशंसा समेत व्यक्त गरे ।

उनले यो बिद्यालय भारत र नेपाल बिच भएको सम्झौता अन्र्तगत “हाई ईम्पेक्ट कम्युनिटि डेभलपमेन्ट परियोजना” मार्फत गरिएको बताए । “ यो परियोजना भारत र नेपाल बिचको एक महत्वपूर्ण साझेदारीको हिस्सा हो ।” उनले भने “जसले हालका बर्षहरुमा नेपाल सरकार तथा नेपालीहरुको प्राथमिकताको क्षेत्रको बिकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।”

उनले “हाई ईम्पेक्ट कम्युनिटि डेभलपमेन्ट परियोजना” २० बर्ष पुरा भएको बताउदै यस अवधिमा यस परियोजना अन्र्तगत ५ सय ५० भन्दा बढी परियोजना सुरु गरेको बताए ।  यस मध्ये रुपन्देहीमा १२ परियोजना सहित लुम्बिनी प्रदेशमा ७ परियोजना सुरु गरिएको उनको भनाई छ । रुपन्देहीमा निर्माणाधिन एकिकृत जाँच चौकी पनि यसै परियोजनाको हिस्सा भएको श्रीवास्तवले बताए ।  

कार्यक्रममा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा, दिपक बोहराको तर्फबाट उनका छोरा प्रज्वल बोहोरा, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ता लगायतले बोलेका थिए । 

भारतको अनुदान सहयोगमा नेपाली १ करोड ४९ लाख रुपैयाँ लागतमा २०६९ सालमा पोखरभिण्डी माविको भवन निर्माण गरिएको थियो । दुई तल्लाको उक्त विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार