मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना हुने

दान बहादुर बुढा 45+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

मुगु । नेपाल सरकारले मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

मुगुमा वि.स. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिव ५० बर्ष पछि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको बिशेष पहलमा सरकारले दोस्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको मन्त्री शाहीले बताए । 

डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग  जोडिएको मुगुम कार्मारोङ  गाउँपालिकाको डोल्फु क्षेत्र करिव ९ सय ६ बर्गकिलोमिटर भू–भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय स्थापना निकुञ्ज स्थापना गरिएको पनि उनले जानकारी दिए । 

डोल्फु क्षेत्रका स्थानीयबासीलाई कामको लागि शे–फोक्सुन्डो राष्ट्रिय आउजाउ गर्न पैदल मार्ग बाट एक साता समय लाग्ने भएको स्थानीयको दुःख र पीडा बुझेर मन्त्री शाहीले छायाँनाथ राष्ट्रिय स्थापनाको गरेका हुन् । उक्त राष्ट्रिय निकुञ्ज कार्मारोङ गाउँपालिकाको वडा.नं १ मा पर्ने गरेको छ । 

मुगुम कार्मारोङ गाउँपालिकाले पनि शे–फोक्सुन्डो राष्ट्रियसित जोडिएको भु भागलाई छुटयाएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाहीसंग माग गरेको थियो । यो निकुञ्जसंगै नेपालमा अब राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार