मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पल्सर स्पोर्टस अवार्ड माघ २८ मा हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं सस्करण यही माघ २८ गते हुने भएको छ । विभिन्न ९ विधामा हुने अवार्ड काठमाडौंस्थित होटल याक एण्ड यतिमा हुने भैको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच होटल याक एन्ड यति र नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) बीच कार्यक्रमको मुख्य आयोजनास्थल सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा याक एन्ड यतिका महाप्रबन्धक मोनिका साइब्लावर र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार,  होटल याक एन्ड यति २०औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डको हस्पिटालिटी पार्टनर रहने भएको छ । विभिन्न ९ विधामा हुने अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक भइसकेको छ । 

मनोनयनमा परेका खेलाडीहरुमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ पिपल्स च्वाइसको प्रतिस्पर्धामा छन् ।  

यस विधाको विजेता ई–सेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ का लागि प्रदान गरिने अन्य विधामा १. उत्कृष्ट वर्ष पुरुष खेलाडी, २. उत्कृष्ट वर्ष महिला खेलाडी, ३. उत्कृष्ट वर्ष प्रशिक्षक, ४. उत्कृष्ट वर्ष युवा खेलाडी ५. पारा एथलिट सम्मान, ६. स्पेसल अवार्ड, ७. लाइफटाइम एचिभमेन्ट अवार्ड र ८. एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार