मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

जनज्योति माविको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Ujyalosandeshonline 11009+ समाचार ( )
१८ माघ २०८२, शनिबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिका–१, दानापुर स्थित जनज्योति माध्यमिक विद्यालयले आफ्नो ३८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जनिता कुमारी पुनको अध्यक्षता र कञ्चन–१ का वडा सदस्य लेखा राहादी मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले शिक्षा जीवनको तेश्रो आँखा भएको बताउँदै शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र विद्यार्थीलाई मात्र दवाब दिनुभन्दा अभिभावक र समुदायको पनि निरन्तर अनुगमन र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक तिलकराम लोधले वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै भवन र शिक्षक दरबन्दीको अभावका बाबजुद पनि सबैको मेहेनतले विद्यालयले सन्तोषजनक नतिजा हासिल गरिरहेको बताउनुभयो । कार्यक्रममा विव्यसका निवर्तमान अध्यक्ष नर बहादुर थापाले जनसहयोग र भारतीय भूतपूर्व सैनिकहरूको सहयोगमा स्कुल बसको व्यवस्थापन भएपछि विद्यार्थीको पहुँच सहज भएको स्मरण गर्नुभयो ।

वि.सं. २०४४ सालमा मुट्ठी दानबाट स्थापना भएको यस विद्यालयले पछिल्लो समय एसइई र आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालयको आन्तरिक खेलकुदमा विजयी विद्यार्थीहरूलाई नगद तथा पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए । सहायक प्रधानाध्यापक थम्मन थापा मगरको स्वागत र शिक्षक ओम बहादुर तरामुको सञ्चालनमा भएको उक्त कार्यक्रममा विभिन्न सरोकारवाला, अभिभावक तथा शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार