मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कांग्रेसका क्षेत्रिय सभापति तथा प्रशिक्षण शाखा प्रमुखहरुको लागि प्रशिक्षण कार्यक्रम भैरहवामा

Ujyalosandeshonline 11005+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

भैरहवा । नेपाली कांग्रेले देशभरि रहेका प्रतिनिधिसभा क्षेत्रिय सभापति तथा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखहरुलाई भैरहवामा २ दिने प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गर्ने कार्यक्रम रहेको छ । सोमबार र मंगलबार गरि दुई दिन चल्ने उक्त कार्यक्रमको उद्घाटन पार्टीका सभापति एवम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ । 

नेपाली कांग्रेस केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रममा देशैभरिका प्रतिनिधिसभा अन्र्तगतका १३० जना क्षेत्रिय सभापति सोही संख्यामा क्षेत्रिय प्रशिक्षण शाखा प्रमुखहरु तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेश सभा अन्तर्गतका क्षेत्रिय सभापति ७० जना गरि जम्मा ३३० जनाको सहभागीता रहने नेपाली कांग्रेस केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्ण बहादुर खडकाले जानकारी दिए । 

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आईतबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  संयोजक खडकाले कार्यक्रममा पार्टी संग जोडिएका बिषयहरु, पार्टीका महत्वपूर्ण कामहरु, २०४६ साल पछि नेपाली कांग्रेस सरकारमा हुदा गरेका नितिगत सुधारका कामहरु, मुलुकको संविधान, संघियताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको अभियान, पार्टी संगठनसंग जोडिएका विषयहरु र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुदै निर्वाचन क्षेत्रहरुसंग जोडिएका अन्तरसम्बन्धका विषयहरुको बारे प्रस्तुती रहने बताए । यस्तै समसामायीक विषय वस्तुहरुसंग जोडिएका गरि विभिन्न ६ वटा विषयमा प्रस्तुती करण गरि छलफल गरिने छ । 

दोश्रो दिन ७ वटा समूह विभाजन गरि सहभागीहरुले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्या लगायतका बारे गहन छलफल गरि सुझाव प्राप्त गरिने छ । अर्को सत्रमा सरकारसंग जोडिएका विषयहरुमा छलफल गरि सुझाव संकलन गरिने कार्यक्रम रहेको खडकाले जानकारी दिए । यसमा सरकारमा सहभागी २ जना मन्त्रीहरुले जानकारी दिने कार्यक्रम तय भएको उनको भनाई छ । 

खडकाले कार्यक्रममा नयाँ प्रयोग गरिने जानकारी दिए । उनले कांग्रेस मुलुककै पहिलो पार्टी भएको कारण वातावरणिय संरक्षणमा पनि योगदान गर्ने उद्देश्यले माला र खादाको प्रयोग नगर्ने बताए । कार्यक्रममा ब्याच वितरण गरिने छैन भने सके सम्म कार्यक्रमलाई मितव्ययी बनाउने उनले बताए । 

केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रिय समितिले व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार