मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् । उनले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा सहीद भएका परिवारका एक–एक जना सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका हुन् ।

एक्समा उनले लेखेका छन,‘आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ । यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।’

आन्दोलनका क्रममा कम्पनीका निजी निवास, कार्यालय, शोरूम र कारखानामा ठूलो क्षति पुगेको भए पनि चौधरी ग्रुप पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढेको उनले बताएका छन् । उनले अगाडि लेखेका छन,“यो पीडादायी घडीमा पनि हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति र सम्मानसहित देशको सुन्दर भविष्य निर्माण गर्नेछौँ ।” शहीद परिवारका सदस्यहरूले रोजगारीका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्ने उनले लेखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार