मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

जोखिममा ताल्चा बिमानस्थल, निर्माण कम्पनी गायब !

दान बहादुर बुढा 45+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

मुगु । रारा तालको किनारमा रहेको मुगुको ताल्चा विमानस्थलको अवस्था चिन्ताजनक देखिएको छ ।विमानस्थलको सेवा प्रवाह एक सानो काठको टहराबाट संचालनमा छ भने चैतर्फी खुल्ला भएका कारण पशु चौपाय र मानिसहरु जताभावी विमानस्थलभित्र प्रबेश गर्ने गरेका कारण जोखिम बढेको छ ।

टर्मिनल र टावर  भवन निर्माणका लागि जिम्मा लिएको ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले  आर्थिक बर्ष २०७८।०७९ मै निर्माण सम्पन्न गर्नेगरी ८ करोड ६५ लाख रुपैयाँमा जिम्मा लिएको काम हालसम्म पूरा गर्न सकेको छैन् ।

भवन अधुरै र लथालिङ्ख पारेर ठेक्कादार सम्पर्कबिहीन भएको स्थानीयहरुको भनाइ छ । जसका कारण यात्रु र पर्यटकहरुले सास्ती खेपिरहेका छन् । वि.स. २०६० देखि कच्ची धावनमार्गमार्फत हवाई सेवा संचालनमा आएको विमानस्थल वि.स.०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएर हालसम्म सन्चालनमा छ । तर जोखिम बढ्दो छ । 

विमानस्थलदेखि सडकसम्म आवतजावत गर्न वैकल्पिक बाटो नहँुदा थप समस्या भएको छ । उत्तर–दक्षिणतर्फ पहिरोको जोखिम बढिरहेको, टर्मिनल र टावर भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको स्थानीयबासीको गुनासो छ । विमानस्थलको चारैतिर लगाइएको घेरावार ठाँउ ठाँउमा भत्काउने, चोर्ने गरेकाले सुरक्षा चुनौति थपिएको छ ।  जहाज अवतरण गर्ने समयमा नेपाल प्रहरीले ठाँउ ठाँउमा सुरक्षा दिने गरेको भएपनि पशु चौपायहरु प्रवेशमा रोक्न कठिन भइरहेको विमानस्थलको सुरक्षा गार्ड कार्यालयका निमित्त प्रमुख मिल बरियाले बताए । 

‘पशु–चौपायहरु एयरपोर्ट भित्र आउने गरेकाले ठूला चौपायको एक हजार र साना पशुहरुको पाँच सय जरिवाना लिनेगरी निर्णय भएको तर साँझ विहान पशु प्रवेश गर्ने गरेका छन् । ताल्चामा अहिले पूरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवाप्रवाह भइरहेको छ । सामान्य हावाहुरी चल्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ ।  ओमबुद्ध कन्स्ट्रक्सन कम्पनिको लापरवाहीका कारण भवन निर्माण हुन नसक्दा जोखिम बढेको छ,’उनले भने । 

विमानस्थल पर्यटकीय हिसावले महत्वपूर्ण भएपनि घेरावारा, वैकल्पिक बाटो नहुनु, धावन मार्गको छेउछाउ बर्षेनी भासिदै जानेको गरेको यात्रु जय बहादुर मल्लले बताए । बिमानस्थलबाट दैनिक तारा, गोमा, सिता जहाजले उडान भर्ने गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार