मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

दोस्रो अभ्यास खेलमा नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै

Ujyalosandeshonline 12441+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा आज नेपालले घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे डलासस्थित ग्रान्ड पेरी क्रिकेट मैदानमा सुरु हुने छ । 

पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले स्तब्ध भएको थियो । आज घरेलु टोलीलाई पराजित गर्दै आधिकारिकरुपमा नेपाली टोली विश्वकपका लागि तयार हुने लक्ष्यमा रहेको छ । 

आइसीसीको टी–२० वरियतामा नेपाल १७ औं तथा अमेरिका १९ औं स्थानमा रहेको टिम हो । क्यानडाविरुद्धको खेल गुमाएका दीपेन्द्रसिंह ऐरी आज अमेरिकाविरुद्ध खेल्ने छन् । विश्वकपकै अभ्यासका क्रममा वेस्टइन्डिजमा दीपेन्द्र घाइते भएकाले क्यानडाविरुद्धको खेल गुमाएका थिए । तर, उनी प्रशिक्षणमा फर्किएकोले आजको खेलमा खेल्ने सम्भावना अत्याधिक रहेको छ । विश्वकपमा नेपालले जुन ४ तारिखमा नेदरल्याण्डसँग खेल्दै प्रतियोगितामा सुरुआत गर्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार