मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

शसस्त्र प्रहरीद्वारा ठूलो मात्रामा गाँजा बरामद

Ujyalosandeshonline 11009+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

भैरहवा । शसस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेक्वा रुपन्देहीले भारत लैजादै गरिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ । भारतीय नम्बर प्लेटको ट्रकमा फल्स बटन बनाई लैजादै गरेको २७२ किलो गाँजा शसस्त्र प्रहरीले बरामद गरेको हो ।

गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक आनन्द थापाले शसस्त्र प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले दिएको सूचनाको आधारमा मंगलबार विहान सवा ३ बजे रोहिणी गाउँपालिका वडा नम्बर १ बाट गाँजा बरामद गरिएको बताए । “सूचना आएपछि मेरै कमाण्डमा बाईपास नजिकै चेक गरिरहेका थियौ,” थापाले भने “समान आउदैछ भन्ने जानकारी थियो तर के र कति परिमाणमा छ भन्ने थिएन ।”

जाँचकै क्रममा भारतीय नम्बर प्लेट युपी ७८ बिटी ८२९७ नम्बरको ट्रकमा चालक बस्ने सिटभन्दा माथि फल्स बटममा लुकाईएको गाँजा बरामद भएको उनले बताए । गाँजा संगै ट्रक चालक भारत लुधियानाका ३६ वर्षिय सतनाम सिंहलाई नियन्त्रणमा लिईएको थापाले जानकारी दिए ।

२८ वटा पोकामा बिभिन्न तौलमा गाँजालाई व्यस्थित तरिकाले प्याकिङ्ग गरिएको छ । काँचो गाँजालाई प्रशोधन गरि त्यसलाई राम्ररी कम्प्रेस गरिएको अवश्थामा छ । 

“प्रारम्भिक अनुसन्धानमा चितवन आसपासबाट गाँजा लोड गरि भारत पु¥याउन खोजिएको देखिन्छ ।” उनले भने “यसबारे थप अनुसन्धान गर्न ट्रक र चालकलाई नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छौं ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार