मर्चवार । मर्चवार स्थानियहरुलाइ चिसोबाट जोगाउन शसस्त्र प्रहरीले दाउरा वितरण गरेको छ । सोम्बार शसस्त्र प्रहरी बल नेपाला सुरक्षा बेस करौताले सम्मरीमाइ गाउँपालिका र कोटहीमाइ गाउँपालिकामा आगो बाल्ने दाउरा वितरण गरेको हो ।
सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ बेतकुइयाँ र कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दुइ मुहान चोकमा रहेको शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश करौताले स्थानीय जनतालाई लक्षित गरी दाउरा उपलब्ध गराई आगो बालिएको बेशका प्रमुख शसस्त्र प्रहरी नायब निरिक्षक. टेकप्रसाद आचार्यले बताए ।
अहिले चिसो बढेसँगै शीतलहर पर्दा यहाँको जनजीवन कष्टकर बनेको छ । यस्तो अवस्थामा सशस्त्र प्रहरी बल कराैताले सम्मरीमाई गाउँपालिका र कोटहीमाई गाउँपालिकाका वासिन्दा आगो बाल्ने कार्यले स्थानीय खुसी भएका छन ।
स्थानीय जनता लक्षित अन्य कार्यहरू पनि गर्दै जाने बेश प्रमुख आचार्यले बताए । अहिले मर्चवार लगायत रुपन्देहीको अधिकांश स्थानमा कडा शीतलहर चलिरहेको छ । चिसो संगै शीतलहरका कारण महिला, बालवालिका र जेष्ठ नागरिकहरु बढी प्रभावित बनेका छन ।