मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मुख्यमन्त्री सिंहद्वारा भारतको ७९औँ स्वतन्त्रता दिवसको शुभकामना, हनुमाननगर जेल क्रान्तिको स्मरण

Ujyalosandeshonline 12437+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण भारतीय जनता र भारत सरकारप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र आत्मीय सम्बन्धलाई सम्मान गर्दै शुभकामना प्रकट गर्नुभएको हो।

मुख्यमन्त्री सिंहले आफ्नो सन्देशमा नेपाल–भारतको साझा स्वतन्त्रता र लोकतान्त्रिक संघर्षको प्रतीकको रूपमा रहेको हनुमाननगर जेल ब्रेकको ऐतिहासिक घटनालाई विशेष रूपमा स्मरण गर्नुभएको छ। उहाँले मधेश भूमिका प्रजातन्त्रवादी योद्धाहरूले भारतीय स्वतन्त्रता आन्दोलनका महानायक जयप्रकाश नारायण र राममनोहर लोहिया लगायतका स्वतन्त्रता सेनानीहरूलाई मुक्त गराएको साहसिक क्रान्तिले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्नुभएको छ। "भारतीय स्वतन्त्रता आन्दोलनको गौरवपूर्ण इतिहास र हनुमाननगर जेल क्रान्तिको स्मरण गर्दा म अत्यन्त गौरवान्वित छु," सन्देशमा भनिएको छ।

विसं २००० सालमा सप्तरीको हनुमाननगरमा भएको उक्त जेल तोड काण्ड भारतीय स्वतन्त्रता संग्रामको एक महत्त्वपूर्ण घटना मानिन्छ, जहाँ नेपाली क्रान्तिकारीहरूले भारतीय नेताहरूलाई ब्रिटिस शासनबाट मुक्त हुन सहयोग गरेका थिए।

मुख्यमन्त्री सिंहले स्वतन्त्रता दिवसले स्वतन्त्रता, समानता र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्दै आगामी पुस्तालाई समर्पण, त्याग र साहसको शिक्षा दिने अवसर प्रदान गर्ने बताउनुभएको छ। उहाँले नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको नभई साझा रगत, संस्कृति र इतिहासको गहिरो नाता भएको बताउनुभएको छ।

"आगामी दिनमा हाम्रो मित्रता, आपसी सहयोग र विकासको साझेदारी अझ मजबुत होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु," मुख्यमन्त्री सिंहले आफ्नो सन्देशको अन्त्यमा भन्नुभएको छ। जनमत पार्टीका नेता सिंह २०८१ जेठ २५ गते मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार