मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम

दान बहादुर बुढा 45+ समाचार ( )
२१ असार २०८२, शनिबार

मुगुको खत्याडगाँउपालिका–११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन् ।  पराल, केराका पातहरुलाई सदुपयोग गर्दै उनीहरुले गुन्द्रीबाट राम्रो आम्दानी समेत गर्दै आइरहेका छन् ।

पालिकाभित्रका गाउँहरुमा धान र केरा खेती धेरै हुने भएकाले खेर गइरहेका पराल र केराका पातहरुको सदूपयोग गरेर उनीहरुले आय आर्जन गरिरहेका हुन् । ‘गरिवसंग विश्वेश्वर’ कार्यक्रम अन्तर्गत वडा नम्बर ११ कोटडाडा, रातापानी, डाडिया बस्तीमा बस्दै आएकी गरिव ,एकल ,बिपन्न बर्गभित्र रहेका तीन समूहका ४० भन्दा बढी  महिलालाई उक्त काममा सक्रिय छन् । 

गुन्द्री बुन्ने तालिम लिएपछि धेरै महिला आत्मनिर्भर भइसकेको सामाजिक परिचालिका आशा शाहीले बताइन् । शाहीका अनुसार चुलोचौकोमा व्यस्त हुनुपर्ने हामी गरिब महिलाहरुलाई गरिबसंग विश्वेश्वर कार्यक्रमबाट बिगतका बर्षहरुमा बेमौसमी र मौसमी तरकारी खेती गरेको र हाल गुन्द्री बुन्न सिकेका हुन् ।

घरखर्च चलाउन कुनैपनि आर्थिक स्रोत नभएको हुँदा अब  गुन्द्री बुनेर आम्दानी गरी घर खर्च चलाउने उद्देश्य राखेको स्थानीय लालमती कार्कीले बताइन् । गुन्द्री तयार गर्ने तालिमले गाँउघरमा खेरजाने पराल र केराका पातहरु प्रयोगमा आउने प्रशिक्षक जय पुरा कार्कीले बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार