मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

पन्ध्र वर्षसम्म स्थिर कर नीति कायम गछौँः सभापति थापा

Ujyalosandeshonline 12441+ समाचार ( )
तस्बिर : हिमाल लम्साल/रासस
१६ फाल्गुन २०८२, शनिबार

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मविश्वास गुमाएको अर्थतन्त्रलाई सबल बनाउन विश्वासको वातावरण बनाउनेतर्फ अग्रसर हुन जरुरी रहेको बताउनुएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साले आज वीरगञ्जमा आयोजना गरेको मधेस प्रतिज्ञासभामा बोल्दै सभापति थापाले मुलुकको अर्थतन्त्रमा जताततै आत्मविश्वासको कमीको कारणले लगानीमैत्री वातावरण नभएकाले पनि कांग्रेस नेतृत्वको सरकार आएको खण्डमा अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“हामीलाई यहाँ विश्वास  चाहिएको छ । सेयर तथा पूँजीबजारमा काम गर्नेलाई पनि विश्वास चाहिएको छ । स–साना व्यवसाय गर्नेलाई पनि विश्वास चाहिएको छ”, सभापति थापाले भन्नुभयो । उहाँले कांग्रेसले ल्याएको चुनावी प्रतिक्षापत्रमा वर्षको रू १० लाखसम्म आम्दानी गर्ने प्रत्येक नेपाली नागरिकले एक रूपैयाँ पनि कर तिर्न नपर्ने व्यवस्था गर्र्ने गरी प्रतिक्षापत्र ल्याएको जानकारी दिनुभयो । 

“कम्तिमा १०–१५ वर्षसम्म नेपालको कर नीति स्थिर रहने व्यवस्था गछौँ,” उहाँले भन्नुभयो, “पहिला थुन्ने अनि सुन्ने होइन् । अब पहिला सुन्ने अनि थुन्ने व्यवस्था गछौँ ।”सभापति थापाले व्यापारी तथा व्यवसायीको मनोबल नबढाइकन आर्थिक गतिविधि चलायमान हुन नसक्ने स्पष्ट पार्नुभयो । “आर्थिक गतिविधि नबढाइकन यहाँ रोजगारी सिर्जना हुनै सक्दैन ।”रोजगारी सिर्जना सरकारी निकायले मात्रै नभएर निजी क्षेत्रले मात्रै रोजगारी सिर्जना गर्न सक्ने बताउनुभयो । 

नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का उम्मेदवार अनिलकुमार रुगँटाले पर्साको आर्थिक र विकासको एजेन्डालाई मूर्तरुप दिने बताउनुभयो । नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का उम्मेदवार अजयकुमार चौरसिया र क्षेत्र नं ४ का उम्मेदवार रमेश रिजालले गगन थापा नेतृत्वको सरकारले युवापुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार