मुख्य समाचार
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने |

नेपालले बलियो आर्थिक संरचना सिर्जना गर्ने नीति लिएको छ : प्रधानमन्त्री

Ujyalosandeshonline 11008+ समाचार ( )
२ जेठ २०८१, बुधवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन र उद्यमशीलता विकास गरी सरकारले बलियो आर्थिक संरचना निर्माण गर्ने नीति लिएको बताएका छन् । उनले सो नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउने र आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।  

बुधबार काठमाडौंमा नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए । 

‘सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ । बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ र आर्थिक विस्तारमा सहयोग गर्छ’ दाहालले भने ।  

यस्तै दाहालले गत महिना सम्पन्न लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदाय नेपालमा लगानी ल्याउन उत्सुक छ भन्ने सन्देश प्रवाह भएको जिकिर गरे । 

उनले वैदेशिक लगानी भित्र्याउन नेपाल युरोपेली सङ्घका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न तत्पर रहेको समेत उल्लेख गरेका छन् । 

सरकारले ५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानीका आवेदनका लागि हालै ‘स्वचालित रुट’ सुरु गरेको जानकारी दिँदै उनले त्यसले नेपालमा व्यवस्थापकीय दक्षता र पूँजी भित्रिने विश्वास व्यक्त गरे । 

दाहालले भने, ‘हामीले स्वचालित मार्गमार्फत प्राप्त लगानीका केही आवेदनहरू स्वीकृत गरी अन्तर्राष्ट्रिय साझेदारमार्फत हाम्रा प्रयासहरूलाई बलियो बनाउन खोजिरहेका छौँ । यसले नेपालमा पुँजी मात्र होइन प्राविधिक र व्यवस्थापकीय विशेषज्ञता पनि ल्याउनेछ ।’

यस्तै, दाहालले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारिक हुने हरित अर्थव्यवस्थालाई सरकारले प्राथमिकता दिएको स्पष्ट पारे । 

‘हाम्रा विकासका गतिविधिहरू राष्ट्रिय हित र विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मिल्दाजुल्दा छन् । नेपाल पेरिस सम्झौताप्रति सधैँ प्रतिबद्ध छ । हाम्रा विकास योजना र कार्यक्रमहरूमा जलवायु कार्यलाई सक्रियरूपमा समावेश गर्दै आएको छौँ ।’

स्रोत र क्षमताको अन्तर र जलवायु परिवर्तनले निम्त्याएका निरन्तरका चुनौतीको सामना गर्दै नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने प्रतिबद्धता दाहालले पुन दोहोर्याएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार