मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |

सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन

Ujyalosandeshonline 11003+ समाचार ( )
६ कार्तिक २०८२, बिहीबार

दमौली (तनहुँ) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो ।  

आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँचवटा ठूला आयोजनामा रु तीन/तीन करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँका अनुसार देवघाट गाउँपालिका-५ स्थित दासढुङ्गा त्रिशूली नदी बृहत् लिफ्ट सिँचाइ आयोजना, जरायो खोला नहर सिँचाइमा रु तीन करोड, व्यास नगरपालिका-६ स्थित शिशाघाट उपत्यका लिफ्ट सिँचाइ आयोजनामा रु तीन करोड, भानु नगरपालिका-४ स्थित भानु चुँदी वराह सिँचाइ आयोजनामा रु तीन करोड, शुक्लागण्डकी नगरपालिकास्थित टार बजार संरक्षण कार्यक्रमका लागि रु तीन करोड, देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रम तातोपानी पहिरो नियन्त्रणका लागि रु तीन करोड बजेट विनियोजन भएको छ ।     

यस्तै मर्स्याङ्दी तथा दरौदी नदी नियन्त्रणका लागि रु ७५ लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो । कार्यालयले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा काम गर्दै आएको छ । सुरुमा पालुङटार सिँचाइ आयोजना तथा कुण्डुटार सिँचाइँ योजनालाई कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७५/७६ मा पालुङटार कुण्डुटार सिँचाइ आयोजनाको नाममा स्थापना भएको थियो । 

आर्थिक वर्ष २०८१/८२ बाट तनहुँ, गोरखा, लमजुङ र मनाङ कार्यक्षेत्र रहनेगरी नाम परिवर्तन गरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय गोरखा बनाइएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ मा स्थानान्तरण भई सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँ भएको छ ।    

कार्यालयले चार जिल्लाका विभिन्न सिँचाइ संरचना निर्माण, दरौदी, दोर्दी तथा मस्र्याङ्दी नदी क्षेत्रमा डुबान तथा कटानबाट प्रभावित वा जोखिमयुक्त स्थानमा तटबन्धन, स्पर तथा रिभेटमेन्ट निर्माण, जग्गा उकास, नदी नियन्त्रण, सिँचाइ तथा नदी व्यवस्थापन कार्यका लागि आवश्यक अध्ययन, सर्भेक्षण कार्य गरिरहेको प्रमुख खत्रीले जानकारी दिनुभयो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार