मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रोहिणी –६ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

Ujyalosandeshonline 12431+ समाचार ( )
३० माघ २०८१, बुधवार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको बुधबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका हुन्। सो अवसरमा बोल्दै अध्यक्ष यादवले वडा नम्बर ६ मा स्वास्थ्य चौकीको पनि आवश्यक रहेको भन्दै यसका लागि आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरिने बताए । गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुँदैछ, १५ शैया अस्पताल पनि बन्छ’उनले भने–‘एकैपटक सबै काम गर्न नसकिएको पनि धेरै काम गरिरहेका छौं ।

’उनले गाउँपालिकाले बालिका बीमा कार्यक्रम सञ्चालन गरेको बताए । स्थानीय सरकारमार्फत नागरिकले घरदैलौमा सेवा पाएको उनको भनाइ छ । ५० लाख रुपैयाँको लागतमा बोदवारमा एकतले भवन निर्माण भएको रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले बताए । नयाँ वडा कार्यालय निर्माणसँगै अब वडा तहको कार्यसम्पादन अझ व्यवस्थित हुँदै जाने उनले बताए ।

रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, गाउँ कार्यपालिका सदस्य निरज हरिजनको स्वागत तथा वडा सचिव लव बहादुर घर्तीको सञ्चालनमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, वडा नम्बर ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, शाखा अधिकृत कर्ण बहादुर क्षेत्री, समाजसेवी बैजनाथ यादव, गणेशमान चौधरी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार