मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बिमलेन्द्र निधिमाथि खनिए एमाले नेता रघुवीर महासेठ

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ असार २०८२, आइतबार

जनकपुर । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए । 

जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण जस्ता दर्जनौं बढी विकास निर्माणका कार्यहरु नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिबार (हिजो) नेता निधिले जनकपुरधाममा पत्रकारसम्मेलन मार्फत जानकारी दिएका थिए । 

सो कुराको नेता महासेठले खण्डन गरेका छन् । उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जतिसक्दो निर्माण कार्य अगाडि बढाउन छलफल समेत गरेको जानकारी दिए । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पार्टीको कुनै पनि आपत्ति नरहेको महासेठले बताए ।

नेता निधिले आफ्नो व्यक्तिगत स्वार्थका लागि विभिन्न विकास निर्माणका कार्यहरुमा पटकपटक अपरोध सृजना गर्दै आएको एमाले नेता महासेठले आरोप लगाए । महासेठले धनुषाको प्रहरी प्रशासनले पनि राम्ररी काम नगर्ने गरेको आरोप लगाएका छन् । पदीय दायित्वलाई विर्सेर एक पक्षीय रुपमा मात्र काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार