इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख सुनारको शान्ति सुरक्षाका लागि प्रतिबद्धता

Ujyalosandeshonline 12428+ समाचार ( )
१६ कार्तिक २०८२, आइतबार

पाल्पा । इलाका प्रहरी कार्यालय रामपुरका नवनियुक्त प्रमुख, प्रहरी निरीक्षक लाल बहादुर सुनारले शान्ति सुरक्षा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ। दैलेखबाट सरुवा भई आउनुभएका सुनारले आइतबार सञ्चारकर्मीहरूसँगको परिचयात्मक भेटघाटमा सबैको सहयोगमा नागरिकले सुरक्षित महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले प्रहरी र नागरिकबीचको सम्बन्धलाई सुदृढ गर्दै लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, अवैध तस्करी नियन्त्रण, हिंसा न्यूनीकरण र अवाञ्छित गतिविधि नियन्त्रणमा विशेष ध्यान दिने बताउनुभयो। सुनारले शान्ति सुरक्षाका लागि नागरिक र सञ्चारकर्मीको सहकार्य महत्वपूर्ण हुने भन्दै गैरकानुनी गतिविधिबारे सूचना दिन आग्रह गर्नुभयो। सूचना दिने स्रोतको संरक्षण गर्ने प्रहरीको दायित्व रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। हालैका दिनमा रामपुर क्षेत्रमा आत्महत्या र साइबर क्राइमका घटना बढेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सरोकारवालाहरूसँगको सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार