मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता

Ujyalosandeshonline 12437+ समाचार ( )
२० पौष २०८१, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही बीच ऐतिहासिक एकता भएको घोषणा गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्तएकता घोषणा भएको हो । 

उनीहरुले यो एकता र ध्रुवीकरणले एकीकृत जनक्रान्तिका मित्रवर्ग, शक्ति र समुदायलाई एकतबद्ध बन्न एक कदम अगाडिबाट सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् । 

सोही क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले देशको तीन ठूला दलले नेपालको नेतृत्व गर्दैगर्दा देश र जनतालाई के दियो भनेर हेर्ने हो भने प्रश्न बाहेक केही नदेखिएको बताएका छन् । 

उनले भने, ‘नेपाली काङ्ग्रेस ६ सालदेखि देशको नेतृत्व गर्ने मौका पाएको छ र धेरैपटक प्रधानमन्त्री पनि भइसकेको छ । अहिले पनि नेपाली काङ्ग्रेस सरकारमा छ । तर काङ्ग्रेसले नेतृत्व गरेपछि नेपाली जनतालाई के दिन्छ भन्ने कुरामा स्पष्टता छैन् । नेकपा एमालेको नेतृत्वमा सरकार छ तर एमालेले देशलाई के दियो र के दिने चहाना छ भनेर सोच्ने हो भने प्रश्न मात्र देखिन्छ । माओवादी केन्द्रले पनि एकताको कुराहरु गरिरहेकै छ तर तीन पटक प्रधानमन्त्री हुदाँ पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै छ ।’

यस्तै, क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही संयोजक जितेन्द्र सीले जनताको अवस्था परिवर्तनको लागि देशभर नै अभियान सञ्चालन गर्ने भन्दै एक महिनाभित्र देशभर यो अभियानलाई लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।   

उनले भने, ‘हामी स्पष्ट छौ र लड्न पनि तयार छौ । तर जनताको परिवर्तन हुनुपर्छ, परिवर्तनको लडाई लड्नुपर्छ र यसमा हामी दृढ छौ । यो अभियान देशै भर हुनेछ यसमा मैले गति दिने छु र निरन्तर रुपमा लाग्ने पनि छु ।एक महिनाभित्र देशभर यो अभियानलाई लाने प्रतिबद्धता पनि व्यक्त गर्न चहान्छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार