मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता :
लगातार तीन जित सहित सुदूर प्रतियोगिताको शिर्षस्थानमा

Ujyalosandeshonline 11005+ समाचार ( )
४ माघ २०८०, बिहीबार

भैरहवा । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार तेश्रो जित निकाल्दै सुदूरपश्चिम ६ अंक सहित प्रतियोगिताको शिर्षस्थानमा पुगेको छ । भैरहवामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बिहिबार भएको खेलमा सुदूरले गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

टस हारेर पहिलो ब्याटिङ गरेको सुदूर निर्धारित ५० ओभर पुरा खेल्दै १० विकेटका क्षतिमा २०१ रन बनाएको थियो । उसका लागि किरन ठगुन्नाले अर्धशतकिय पारी खेलेका थिए । ठगुन्नाले ७३ बल खेल्दै ५ चौकाको मद्दतमा ६० रन बनाए । यस्तै नारायण जोशीले ४६ रन र शेर मल्ले १९ रनको योगदान दिए ।  

बलिङ तर्फ गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले ३÷३ विकेट लिए । यस्तै अमृत गुरुङ्ग र कमल परियारले समान २÷२ विकेट लिए । 

२०२ रनको लक्ष्य लिएर मैदान छिरेको गण्डकीको प्रदर्शन कमजोर रह्यो । उसका ब्याट्रहरु राम्ररी टिकेर खेल्न सकेनन् । अश्वनी राना (२५ रन) र कमल परियार (२२ रन) ले पारीलाई केही बेर सम्हाल्न खोजे पनि सुदूरको बलिङको अगाडी उनिहरुको पनि केही चलेन् । गण्डकीका बाँकी खेलाडी दोहोरो अंक समेत जोड्न नपाई पभेलियन फर्के । २०२ रनको लक्ष्य पाएको गण्डकी ३० दशमलव २ ओभर खेल्दै ९३ रनमै अलआउट भयो । 

सुदूरका शेर मल्लको घातक बलिङको अगाडी गण्डकी सस्तोमै समेटियोे । ८ दशमलव २ ओभर फालेका मल्लले १ मेडेन सहित जम्मा २३ रन खर्चिदै महत्वपूर्ण ५ विकेट लिए । यस्तै गजेन्द्र बोहराले २ विकेट र भोजराज भट्ट, नरेन साउद तथा मिलन बोहाराले समान १÷१ विकेट लिए । ५ विकेट लिदै टिमको लागि १९ रन बनाएका सुदूरपश्चिमका शेर मल्ल प्लेयर अफ द म्याच घोषित भए ।  

जारी प्रतियोगितामा तीन खेलेको सुदूरपश्चिम अहिले सम्म अविजित रहदै ६ अंक बटेलेको छ । २ दशमलव २९ को नेट रनरेट सहित सुदूर प्रतियोगिताको शिर्षस्थानमा पुगेको छ । यता आफुले खेलेको ३ वटै खेलमा गण्डकीले हार ब्यहोरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार