मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीका शैक्षिक परामर्श संस्थाहरूमाथि प्रशासनको कडा निगरानी, कागजात पेस गर्न ७ दिनको समय

Ujyalosandeshonline 11005+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गरिरहेका संस्थाहरूलाई आफ्नो सम्पूर्ण कानुनी कागजात ७ दिनभित्र पेस गर्न निर्देशन दिएको छ । केही संस्थाहरूले कानुनले तोकेको सीमा बाहिर गएर काम गरेको उजुरी परेपछि कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो ।

कार्यालयका अनुसार, केही शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरूले आफ्नो क्षेत्राधिकार बाहिर गई भिसा प्रक्रिया, रोजगारीको ग्यारेन्टी, ट्राभल एजेन्सी र सहकारी संस्थाहरूसँगको मिलोमतोमा नक्कली कागजात तयार गर्ने तथा मेनपावर कम्पनीले गर्ने कामसमेत गर्ने गरेको गुनासो आएको थियो । यिनै उजुरी र गुनासोका आधारमा संस्थाहरूको विवरण अद्यावधिक गर्न लागिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न संस्थाहरूबाट प्रशिक्षण र परामर्शको मात्र काम हुनुपर्नेमा कानुनले तोकेको कार्यबाहेक अन्य गैरकानुनी गतिविधिहरू भएको भन्ने गुनासो आएकाले सोको विवरण अद्यावधिक गरी ७ दिनभित्र कार्यालयमा पेस गर्न सूचित गरिन्छ ।’

सूचनामा १० बुँदे सूचीसहित विभिन्न अनुमति पत्र, प्रमाणपत्र, सम्झौता र अन्य आवश्यक कागजात हरू अनिवार्य रूपमा उपलब्ध गराउन भनिएको छ । तोकिएको समयसीमाभित्र कागजात पेस नगर्ने वा मापदण्डविपरीत सञ्चालन भएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने पनि कार्यालय ले चेतावनी दिएको छ । यो कदमले शैक्षिक परामर्शको क्षेत्रमा देखिएका विकृतिहरूलाई नियन्त्रण गर्ने र व्यवसायलाई पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार