मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पाकिस्तानको खैबर पख्तुनख्वामा शक्तिशाली बम विस्फोटः ५ प्रहरीको मृत्यु, २० घाइते

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा आज भएको शक्तिशाली बम विस्फोटमा परि पाँच जना प्रहरीको मृत्यु भएको छ । प्रहरी सुरक्षा टोलीलाई लक्षित गरी गरिएको हमला गरिएको विष्फोटमा परि अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । 

बाजौर जिल्लामा पोलियो विरुद्धको अभियानमा खटिएका प्रहरी टोलीलाई ट्रकमा लैजाँदै गर्दा आक्रमण भएको हो । घाइतेहरुलाई बाजौर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।

प्रहरी टोलीलाई निशाना बनाइएको स्थान बाजौरको मामुन्द क्षेत्र हो र यो क्षेत्र अफगानिस्तानको सीमासँग जोडिएको छ । सन् २०२१ मा अफगानिस्तानमा तालिबान शासन सत्तामा आएदेखि अफगानिस्तानसँगको सीमामा पाकिस्तानमा आक्रमण बढेको छ । अहिलेसम्म कुनै पनि आतंकवादी संगठनले यस हमलाको जिम्मेवारी लिएको छैन ।

यसअघि आइतबार पनि पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी हमलामा चार जनाको मृत्यु भएको थियो । अज्ञात बन्दुकधारीहरूले दुईवटा गाडीमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए। पाराचिनारबाट पेशावर जाने बाटोमा आक्रमण भएको हो । हालसम्म कुनै पनि आतंकवादी संगठनले उक्त हमलाको पनि जिम्मेवारी लिएको छैन । यद्यपि, यो क्षेत्र शिया र सुन्नीहरू बीचको साम्प्रदायिक हिंसाका लागि पनि परिचित छ । 

सन् २०२३ मा पाकिस्तानको खैबर पख्तुनख्वामा ४ सय १९ आतंकवादी हमला भएको थियो । उक्त हमलामा ६ सय २० जनाको मृत्यु भएको थियो । मारिनेमा ३०६ सुरक्षाकर्मी, २२२ सर्वसाधारण र ९२ आतङ्ककारी थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै