मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रदेशस्तरीय यु–१६ क्रिकेटः पाल्पामाथि कपिलवस्तुको सहज जित

Ujyalosandeshonline 12431+ समाचार ( )
११ जेठ २०८२, शनिबार

भैरहवा । रौनक श्रीवास्तवको शतकीय पारी र मलिक गद्दीको उत्कृष्ट बलिङको मद्दतमा भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तुले पाल्पामाथि सहज जित हात पारेको छ । उसले पाल्पालाई १ सय ९१ रनले पारजित गर्दै जित निकालेको हो ।

शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा ३४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २ सय ३६ रनको बलियो योगफल बनाएको थियो । उसका लागि रौनक श्रीवास्तवले ८८ बलको सामाना गर्दै १६ चौका र १ छक्काको मद्दतमा १ सय १० रनको शतकीय इनिङ खेले । यस्तै, मुन्ताज अलीले ४२ र सुरज यादवले २० रनको योगदान गरे । बलिङमा पाल्पाका विष्णु न्यौपानेले ४, उपसन पाण्डेले ३ तथा हिमाल कंडेलले २ विकेट लिए ।

प्रतिउत्तरमा पाल्पा १० ओभरमा सबै विकेट गुमाएर जम्मा ४५ रनमै समेटियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उपसन विक्रम जिसीले सर्वाधिक ८ रन बनाउँदा ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किए । बलिङमा कपिलवस्तुका मलिक गद्दीले ४ ओभरमा १४ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, सुरज यादवले ३ तथा कमरान अहमद र रौनक श्रीवास्तवले समान १–१ विकेट लिए । खेलमा कपिलवस्तुका रौनम श्रीवास्तव प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले बताए ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा संचालन भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार