मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पारालिम्पिकमा भीमबहादुरले खेल्ने

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ असार २०८१, सोमबार

भैरहवा । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाएका छन् ।

भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा प्रतिस्पर्धा गर्ने छन् । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो करियरमा ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले पछिल्लोपटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो जुन पारालिम्पिक छनोटको आधारम समेत रहेको थियो । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म भएको यहि प्रतियोगितामा भीमले ५० मिटर फ्रि स्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । भीम एम्पुटी फुटबलका पनि खेलाडी हुन् ।

भीमले पारालिम्पिकका लागि कालोपुलस्थित वेस्ट भेन्युमा तयारी प्रशिक्षण गरिरहेका छन् । उनलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । भीमले पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट भएकोमा खुशी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिए ।

‘पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका छनोट भएकोमा एकदमै खुशी लागेको छ । यसको लागि धेरै दुःख र मेहनत गरेको थिए । मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ ।’– भीमले भने ।

अध्यक्ष श्रेष्ठ भीमको सहभागिताका लागि संघले पनि धेरै पहल गरेको बताउदै संघको प्रयास सफल बनाउन सहयोग गर्ने सम्बन्धित सम्पूर्णलाई धन्यवाद दिए ।

भीमसहित पेरिस पारालिम्पिकमा हालसम्म ३ खेलाडीको सहभागिता निश्चित भइसकेको छ । यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन् । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस पालिलम्पिकमा स्थान सुरक्षित गरेकी हुन् । भरतले वाइल्ड कार्ड पाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै