मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

प्रधानमन्त्री कार्कीद्वारा उत्साहजनक मनोनयनप्रति आभार, निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता

Ujyalosandeshonline 12441+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारप्रति आभार प्रकट गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले मनोनयन दर्ता कार्यलाई निर्वाचनको महत्त्वपूर्ण कोशेढुङ्गाको संज्ञा दिँदै सरकार शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने र सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ खटिएको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको १६५ सिटका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवारी पर्नुले लोकतन्त्रप्रतिको जनविश्वास पुष्टि गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस उत्साहले मुलुकमा रहेको अन्योल र अनिश्चितता अन्त्य गरेको बताउनुभयो । उहाँले निर्वाचन आयोगको अहोरात्र खटाईको प्रशंसा गर्नुहुँदै राजनीतिक दल, सञ्चार माध्यम र नागरिक समाजलाई रचनात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । साथै, प्रधानमन्त्री कार्कीले दिगो लोकतन्त्रका लागि सम्पूर्ण देशवासीलाई संयमित भई सक्रिय रूपमा निर्वाचनमा सहभागी हुन अपिलसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार