मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अराजक गतिविधि गर्नेलाई बल प्रयोग गरिने, प्रमाण संकलन सुरु: रुपन्देहीका प्रजिअ

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

भैरहवा । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी  डा. टोकराज पाण्डेले जिल्लाका व्यवसायीहरूलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न आह्वान गर्नुभएको छ । शुक्रवार बिहान भैरहवामा निकालिएको शान्ति सद्भाव र्‍यालीलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले मर्यादित र सुरक्षित ढङ्गले व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभएको हो ।

हालैका दिनमा भएका आगजनी, लुटपाट र तोडफोडका घटनाहरूप्रति लक्षित गर्दै प्रजिअ पाण्डेले यस्ता घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले घटनामा संलग्नहरूको भिडियो फुटेज र फोटो संकलन गरिएको र अब क्रमशः उनीहरूमाथि कारबाही गरिने बताउनुभयो ।

प्रजिअ पाण्डेले अब सडकमा आई अराजक गतिविधि निम्त्याउनेलाई बल प्रयोग गरिने चेतावनी समेत दिनुभएको छ । यस्ता व्यक्तिहरूको तत्काल भिडियो लगायतका प्रमाण लिई क्रमशः कारबाही गर्दै लैजाने उहाँले स्पष्ट पार्नुभयो । शान्ति सुरक्षा कायम गर्न र व्यापारिक वातावरणलाई सहज बनाउन प्रशासन कटिबद्ध रहेको सन्देश उहाँले दिनुभएको छ । यस र्‍यालीले जिल्लामा शान्ति र सद्भाव कायम राख्न तथा व्यवसायीहरूलाई निर्धक्क भएर आ–आफ्नो पेशा सञ्चालन गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार