मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मर्चवारमा अख्तियारको अन्तरक्रिया: 'कानुनको पालनाले नै समाजलाई भ्रष्टाचारमुक्त बनाउँछ'

Ujyalosandeshonline 12431+ समाचार ( )
३ जेठ २०८३, आइतबार

मर्चवार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रूपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिकामा स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन गर्ने उद्देश्यका साथ पालिकामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सुरक्षाकर्मी, पालिकाभित्र रहेका अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं स्थानीय सञ्चारकर्मीहरूको व्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा भ्रष्टाचारको परिभाषा, संवैधानिक व्यवस्था, सुशासनको वर्तमान अवस्था, कानुनी एवं संरचनागत व्यवस्था र रणनीतिबारे विस्तृत छलफल भएको थियो। यसका साथै भ्रष्टाचारजन्य कसुर र सजाय, आयोगको क्षेत्राधिकार, उजुरी दर्ता तथा छानबिन प्रक्रिया र हाल उजुरीको अवस्था लगायतका विविध प्राविधिक विषयमा समेत विमर्श भएको अखतियार दुरुपयोग अनुसन्धान आयोग बुटवलकी प्रमुख विनिता भट्टराईले जानकारी दिनुभयो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले यस किसिमको छलफलले जनप्रतिनिधि र कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी र इमानदारिताप्रति थप ऊर्जा र सचेतना थपेको बताउनुभयो। आजको सानो लापरवाहीले भोलि सामाजिक प्रतिष्ठामा ठूलो आँच पुर्‍याउन सक्नेतर्फ सबै चनाखो हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

नियम र कानुनको दायराभित्र रहेर सचेत भई काम गर्न आग्रह गर्दै अध्यक्ष त्रिपाठीले भन्नुभयो, “कानुनी पालनाले नै समाजलाई भ्रष्टाचार मुक्त र सुशासनमुखी बनाउने छ। हामी सबैले कानुनको पूर्ण पालना गरे मात्र समाजको विकास र देशको समृद्धि सम्भव छ।”

कार्यक्रममा कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादव, वडा नं. ५ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता संजय कुमार सैनी, शिक्षा शाखा प्रमुख अमृता बुढाथोकी, तथा तुनिहवा माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवपुजन यादव लगायतले सुशासन र कानुनी दायित्वका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार