मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


दुर्गा मोडेल एकेडेमी सियारी २ मा शुभकामना आदान प्रदान तथा बिदाई कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

भैरहवा । दुर्गा मोडेल एकेडेमी सियारी २ चंठा रुपन्देहीमा अध्ययरत कक्षा ९ का बिद्यार्थीहरुले एक कार्यक्रमका बिच कक्षा १० बिद्यार्थीहरुलाई शुभकामना आदान प्रदान तथा बिदाई कार्यक्रम सम्पन्न गरेका छन । कक्षा ९ का बिद्यार्थी भोला लोधको अध्यक्षता तथा सियारी गाउपालिकाका शिक्षा शाखा प्रमुख सुधिर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्र्रम सम्पन्न भएको हो । 

कार्यक्रमको उदघाटन गर्नू हुदै प्रमुख अतिथी सियारी गाउपालिकाका शिक्षा शाखा प्रमुख पौडेलले बिद्यार्थीहरु अध्ययनशील र अनुशासित हुनु पर्ने बताउनु भएको छ । उहाले लगातार मेहनत र लगनशील भएमा मात्र बिद्यार्थीहरु सजिलै सफलता पाउने सक्ने बताउनु भयो । उहाले शिक्षा जिवन उपयोगी हुनुपर्ने बताउनु भएको छ । उहाले सैद्धान्तिक शिक्षा मात्र नपुग्ने भएकोले शिक्षा जिवन जिउनका लागी हुनुपर्ने जोड दिनु भयो । उहाले बिद्यार्थीहरुले आफुलाई चिन्नुपर्ने बताउदै संसारमा सबैभन्दा ठुलो आमा बुवा र गुरु नै पुजनीय भएको बताउनु भयो । 

उहाले गत बर्ष सियारी गाउपालिकाको संस्थागत बिद्यालयकाृ ९० प्रतिशत र सामुदायिक बिद्यालयको ४० प्रतिशत गरी समग्रमा ५० प्रतिशत एसइइको नतिजा आएको बताउदै एसइइ दिने बिद्यार्थीहरुलाई परीषामा नआत्तिन आग्र्रह गर्नू भएको छ ।

उहाले दुर्गा मोडेल एकेडेमी सियारी २ छोटो समयमा नै धेरै फडको मारेको बताउनु भयो । उहाले ग्रामिण भेगमा रहेका बिद्यालयहरु संचालन गर्न धेरै समस्याहरु रहेको उल्लेख गर्दै यहाका अभिभावकहरुले संस्थागत बिद्यालयमा पढाउन चाहे पनि शुल्क दिन नखोज्ने मनसायले गर्दा पनि संस्थागत बिद्यालयले धेरै चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्नु भयो । उहाले बिद्यार्थी मात्र नभई शिक्षकहरु समेत अध्ययनशील हुनुपर्ने बताउनु भएको छ । उहाले निरन्तर अध्ययनरत बिद्यार्थी र शिक्षक मात्र अगाडी बढने भएकोले सफलता पाउनका लागी लगनशील हुनै पर्ने जोड दिनु भयो ।

यस्तै गरी मैनहिया माध्यमिक बिद्यालयका प्र्रधानाध्यापक बिष्णु प्र्रसाद गौतमले दुर्गा मोडेल एकेडेमीका बिद्यार्थी र यो कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको बताउनु भएको छ । उहाले बिद्यालयका शिक्षकले बिद्यार्थीहरुको भबिष्य माथि खेलवाड गर्न नसक्ने बताउदै बिद्यार्थीको सफलतामा शिक्षकहरुको अहम भुमिका भएको उल्लेख गर्नु भयो । उहाले बिद्यार्थीको सफलता र सपनामा रमाउने नै अभिभावक र गूरुजन भएकोले उनीहरुको सम्मान गर्नुपर्ने बताउनु भयो । उहाले बिद्यार्थीहरु जुन ठाउ गएर सफलता प्र्राप्त गरेपनि त्यसमा दुर्गा मोडेल एकेडेमी सर्टिफिकेट मार्फत नै बिद्यार्थीहरुलाई पछयाइ रहने बताउनु भयो । 

यस्तै गरी दुर्गा मोडेल एकेडेमीका प्रधानाध्यापक सुरेश बरईले कक्षा १० बिद्यार्थीहरुको उज्वल भबिष्य को शुभकामना दिदै बिद्यार्थीहरुलाई सहि बाटोमा हिडन प्रेरित गर्नु भएको छ । उहाले यस बिद्यालयले शतप्रतिशत नतिजा दिने प्रयासमा लागेको बताउदै आउदो चैत ७ गते हुने एसइई परीक्षामा ४ जिपिए ल्याउने बिद्यार्थीहरुलाई नगद रु २५ हजार रुपैया सहित सम्मान गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले सबै बिद्यार्थीको भबिष्य सुनिश्चित गर्नमा शिक्षकको अहम भुमिका भएकोले बिद्यार्थीहरु समेत सोही अनुरुप लगनशील भएर अघि बढनुपर्नेमा जोड दिनु भएको छ । उहाले बिद्यार्थीको सफलतामा शिक्षक पनि उत्तिकै खुसी हुने भएकोले यहाबाट जाने बिद्यार्थीहरुको साथमा यस बिद्यालयको साथ सधै रहने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी दुर्गा मोडेल एकेडेमीका सहप्रधानाध्यापक बिजय कुमार बरईले बोल्दै कक्षा १० का बिद्यार्थीहरु अध्ययनको शिलशिलामा जहा गए पनि बिद्यालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता गर्नु भएको छ । उहाले बिद्यार्थीहरुको अमुल्य गहना नै अनुशासन भएकोले बिद्यार्थीहरु सधै अनुशासित र लगनशील हुनुपर्ने बताउनु भयो । 

शुभकामना आदान प्रदान तथा बिदाई कार्यक्रममा देबिका रानाको स्वागत नृत्य रहेको कार्यक्रममा कक्षा १० बिद्यार्थी आयुष चौधरी, आयुषा खनाल, शिक्षक सतिश कोहार, केशव यादव, निमा अधिकारी, कक्षा १० को छात्रा रेनु सहानी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन बिद्यालयका शिक्षक प्रदिप सक्सेना .ले गर्नू भएको थियो ।

कार्यक्रममा बिद्यार्थी, शिक्षक , बिद्यालयका कर्मचारी तथा अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो भने बिद्यार्थीहरुले आ आफनो प्रतिभा प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । हाल बिद्यालयमा ७ सय भन्दा बढी बिद्यार्थी र तीस जना शिक्षक शिक्षिकाहरु अध्यापन गराउदै आएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार