मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने (ठगी) कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आइतबार चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । वित्तीय संस्था, डिजिटल वालेट (जस्तैः इसेवा वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अद्यावधिक (नवीकरण) गर्ने कामलाई प्रक्रिया हो। ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समयसमयमा यो अपडेट गर्नुपर्ने हुन्छ।

पक्राउ पर्नेहरूमा बाराको देउताल गाउँपालिका-४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१६ बस्ने २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका-१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका-३ बस्ने २७ वर्षीय कुवेर थापा पक्राउ परेका केन्द्रीय समाचार कक्षले जनाएको छ । 

‘बैंकबाट बोलेको हुँ, केवाइसी अपडेट गर्नुपर्‍यो’ भन्दै पछिल्लो समयमा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्स एपमा फोनमार्फत ‘स्क्रिन सेयर’ गर्न लगाई ओटिपी कोड (खाताको सुरक्षाका लागि मोबाइलमा आउने एकपटक मात्र प्रयोग गर्न मिल्ने छ वा चार अङ्कको गोप्य नम्बर) प्राप्त गरी अथवा ओटिपी कोड माग गरी कर्मचारीको खातामा पहुँच पुर्‍याई खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न निजहरूलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट पक्राउ गरेको हो । निजहरूउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार