मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

कांग्रेसको विकल्प अन्य पार्टी हुन सक्दैनन् : केन्द्रीय सदस्य अब्दुल रज्जाक

Ujyalosandeshonline 11474+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सदस्य अब्दुल रज्जाकले कांग्रेसको विकल्प अन्य पार्टी हुन नसक्ने दावी गरेका छन् । उनले कांग्रेस लोकतान्त्रिक र ऐतिहासिक पार्टी भएको बताए । मंगलबार भैरहवामा कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य रज्जाकले लोकतन्त्रको नेतृत्व गर्ने पार्टी कांग्रेस भएको बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका नेता रज्जाकले मुलुकमा भएको परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताए । उनले जनताको आशा भरोसाको नेता पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भएको बताए ।

उनले भने, ‘लोकतन्त्र विरोधीले चलखेल गरेका छन्, तर कांग्रेसको विकल्प अन्य पार्टी हुन सक्दैनन् ।’ कांग्रेसकै नेतृत्वमा मुलुकमा संविधान निर्माण भएको उनले बताए । जनताको समस्या समाधान गर्न पार्टी लाग्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार