मुख्य समाचार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने | मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन | लुम्बिनी प्रदेश सभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित | गोरु गाडमा गहुँ लैजाँदै किसान | विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु | अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन |

राष्ट्रिय गौरवका आयोजनाको काम ढिला भएकै हो : मन्त्री बस्नेत

Ujyalosandeshonline 11038+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई गति दिन आवश्यक पहल गरिरहेको बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको हालसम्मको प्रगति, समस्या र चुनौती, समस्याको कारण भावी कार्ययोजनाको विषयमा भएको छलफलमा उनले काममा ढिलाई भएको स्वीकार गर्दै अहिले गौरवका आयोजनाहरूको कामलाई गति दिन आवश्यक पहल गरिरहेको बताएका हुन् ।

उनले भने,‘अलिकति ढिला त देखिएकै छ । ढिला भएकै छैन भन्ने होइन् तर केही काम नै भएको छैन् भन्ने पनि होइन् । काम पनि उल्लेखनीय नै भइरहेको छ । समयमै नै सम्पन्न हुनुपर्ने भएको छैन् । अहिले हामी कामलाई गति दिनका लागि पनि कोसिस गरिरहेका छौं । प्राप्त पनि भइरहेको छ ।’ 

लगानी महंगो र नाफा कम हुनेभएकाले जलाशययुक्त आयोजनाहरुमा लगानी अहिलेसम्म हुन नसकेको उनको गुनासो छ । उनले अब नयाँ ढंगले नसोच्ने हो भने जलाशययुक्त आयोजनाहरु निर्माण नहुने धारणा राखे । 

‘लगान महँगो हुनेवाला छ । नाफा अलि कम हुनेभएकाले जलाशययुक्त आयोजनाहरुमा लगानि अहिलेसम्म हुन सकेको छैन् । विद्युत ऐन अहिले विधेयक प्रस्तुत भएको छ । त्यसमा जलाशययुक्त आयोजनाहरूमा अलिकति आकर्षण गराउनको लागि कानुनी व्यवस्था के गर्ने कहाँ ध्यान दिने भनेर केही व्यवस्था गरेका छौ,’उनले भने,‘ अब नयाँ ढंगले नसोच्ने हो भने जलाशययुक्त आयोजनाहरु नआउने भए । त्यस्ता आयोजनाहरू निर्माण नगरी सुख्खा यामको आपूर्ति गर्न नसक्ने अवस्था आउने जस्तो भइसक्यो ।’ 

मन्त्री बस्नेतले अब बुढीगण्डकी जलविद्युत आयोजना अगाडि बढ्ने प्रतिबद्धता जनाए । आकर्षक आयोजना नभएपनि राष्ट्रिय आवश्यकताको हिसाबले जानुपर्ने भन्दै उनले भने,‘अब हामी बुढीगण्डकी जलविद्युत आयोजनामा अगाडि बढ्छौं । त्यो भंयकर आकर्षक आयोजना त होइन् तर जानैपर्ने अवस्था छ । राष्ट्रिय आवश्यकताको हिसाबले जानुपर्ने छ । ४०–४५ अर्ब लगानी पनि गरिसकेका छौं । अब अगाडि बढ्छौ. । ’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार