मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छः अध्यक्ष ओली

Ujyalosandeshonline 11005+ समाचार ( )
२४ कार्तिक २०८२, सोमबार

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो स्थान भएको बताउनुभएको छ । एमालेद्वारा आज काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा अध्यक्ष ओलीले जनताले सबैभन्दा बढी भोट लिएको फराकिलो स्थान भएको पार्टी भएको बताउनुभएको हो ।

“नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइएको छ, देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्”, उहाँले भन्नुभयो, “यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन, फराकिलो ढङ्गले मज्जाले बस्न पाइने स्पेस छ, नेकपा एमालेमा ।”     

उहाँले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि निर्वाचनभन्दा बाहिरको काममा बढी ध्यान दिएको बताउनुभयो । अध्यक्ष ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको उल्लेख गर्दै भन्नुभयो, “एमाले देश बनाउने आशा र भरोसाको केन्द्र हो, फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ ।”     

आज एमाले पुनःप्रवेश गर्नुभएकी नेत्री रामकुमारी झाँक्रीले क्रान्तिकारी शक्तिहरू अब अलमल्ल गरेर बस्न नहुने उल्लेख गर्दै एमालेमा फर्किन आह्वान गर्नुभयो । उहाँले सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, नागरिक जीवनको रक्षाका लागि एमालेमा आउनुपर्नेमा जोड दिनुभयो ।     

आजै एमालेमा प्रवेश गर्नुभएको किसान श्रेष्ठले चार वर्षअघि गरेको निर्णय गल्ती थियो भन्ने निष्कर्षका साथ कलम पार्टीलाई बिर्सजन गर्दै एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले आदर्श, दृष्टि र देशलाई आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य एमालेसँगै रहेको बताउनुभयो । “मुलुकको विकास, समृद्धि र सुशासनका लागि काम गर्ने एमाले नै हो”, नेता श्रेष्ठले भन्नुभयो, “एमाले र देशलाई समृद्ध गर्ने केवल चाहना छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार