मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देहीमा १५ लाख बढीको अवैध सामान बरामद, दुई जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले तीन दिनको विशेष अपरेसनमा १५ लाख ६२ हजार ४१५ रुपैयाँ बराबरको भन्सार छली तथा चोरी पैठारीका अवैध सामान बरामद गरेको छ । साउन २४ देखि २६ गतेसम्म सञ्चालन गरिएको उक्त कारबाहीमा संलग्न दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार, साउन २४ र २५ गते ९ लाख ९६ हजार ६१० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको थियो । बरामद गरिएका सामग्रीमा मोटरसाइकल, तयारी पोसाक, स्याउ, चिनी र बोइलर कुखुरा रहेको प्रहरीले जनाएको छ । 

त्यस्तै, साउन २५ र २६ गते थप कारबाही गर्दै ५ लाख ६५ हजार ८०५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिइएको हो । यस अवधिमा बोइलर कुखुरा, लत्ताकपडा, किराना सामान, तरकारी, औषधि तथा अन्य दैनिक उपभोग्य वस्तुहरु बरामद गरिएको छ । प्रहरीले एक ई-रिक्सा चालकलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालयमा बुझाइएको रुपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रदिप बहादुर क्षेत्रीले बताउनुभयो । सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय रुपन्देही प्रहरीले नियमित रुपमा भन्सार छलीका सामानहरु बरामद गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार