पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग पराजित

Ujyalosandeshonline 11469+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

काठमाडौं । आफ्नो डेब्यू खेलमा नेपाल ‘ए’ क्रिकेट टिम क्यानडा–११ सँग पराजित भएको छ ।

आइतबार मुलपानी मैदानमा भएको खेलमा नेपाललाई क्यानडा–११ ले ४ विकेटले पराजित गर्यो ।

नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ३ बल खेल्न बाँकी छदा ६ विकेट गुमाएर पार ग¥यो ।

क्यानडाका लागि नवनीत धलीवालले ८० रन जोड्दा निखिल दत्ताले नटआउट ६७ रन र श्रेयस मोभ्भाले नटआउट २३ रन जोडे ।

नेपालका लागि साहब अलामले २ विकेट लिए ।  उनले १० ओभरमा ३१ रन खर्चिए ।

यस्तै प्रतिश जिसी, रशिद खान, सागर ढकाल र बसिर अहमदले १–१ विकेट लिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार