मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखाद्वारा पक्लिहवा क्याम्पसलाई पाँच थान प्राथमिक उपचार बक्स हस्तान्तरण

Ujyalosandeshonline 12438+ समाचार ( )
२० भाद्र २०८२, शुक्रबार

भैरहवा । नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखाले रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवसको अवसर पारेर युवा रेडक्रस सर्कल कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पसलाई पाँच थान प्राथमिक उपचार (फस्ट एड) बक्स हस्तान्तरण गरेको छ ।

बेलहिया उप–शाखा अन्तर्गत रहेको युवा रेडक्रस सर्कललाई उक्त सामग्री वितरण गरिएको हो। यस पहलले विद्यार्थीहरू र क्याम्पस समुदायका लागि आपत्कालीन अवस्थामा तत्काल प्राथमिक उपचारको उपलब्धता सुनिश्चित गर्नेछ । रेडक्रस बेलहिया उप–शाखाका सभापति राकेश गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा रेडक्रस रुपन्देही जिल्ला शाखाका उपसभापति सुशील गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा युवा रेडक्रस सर्कल पक्लिहवा क्याम्पसका सभापति सुचना थापा, रेडक्रस बेलहियाका निवर्तमान सभापति सुमन शर्मा, सिद्धार्थनगर नगरपालिका–१ का निवर्तमान वडाअध्यक्ष रमेश मल्ल, नयाँगाउँ रानीगाउँ मन्दिर व्यवस्थापन समितिका सचिव नन्द राना, रेडक्रस बेलहियाका संस्थापक कोषाध्यक्ष मन्जु रेग्मी, रेडक्रस सिद्धार्थनगरका सभापति राजेश जि.सी. लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । यस सहयोगले रेडक्रसको मानवीय सेवाको भावनालाई अगाडि बढाउँदै समुदायमा स्वास्थ्य र सुरक्षाको महत्त्वबारे जनचेतना जगाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार