मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

‘संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भयो’

Ujyalosandeshonline 11009+ समाचार ( )
२४ माघ २०८०, बुधवार

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भएको बताएका छन् । प्रतिनिधि सभामा बुधबार उनले अहिले यो प्रणाली नै चाहिदैन भन्ने खालको संकट देखिएको भन्दै यसमा ध्यान दिनुपर्ने बताए । 

उनले भने, ‘अब अहिले देखिएको ठूलो संकट भनेको यो प्रणाली नै चाहिदैन, यसलाई खारेज गर्नुपर्छ भन्ने हो । राष्ट्रिय जनमोर्चाले भनेको यो मुलुकलाई संघमा नलैजाउँ, मुलुक सानो छ । संघ र स्थानीय तह भए पुग्छ भनेर कुरा राख्यो अहिले प्रदेश त बोझ भएको छ । सबैलाई भएको छ । संघीयता बोक्नेहरुलाई पनि भएको छ ।’

उनले प्रदेश दलका नेता, कार्यकर्ता थन्क्याउने ठाउँ भएको भन्दै यसमा सबै मिलेर छलफल गर्न आवश्यक भएको बताए । उनले भने, ‘म सुझाव दिन्छु हामी सल्लाह गरौं । हामीले ल्याएको यो तीन व्यवस्था संघ भएपछि प्रदेश किन चाहियो ? फाइदा भने भएको छ, दलका नेता, कार्यकर्ता थन्काउनलाई ठाउँ भएको छ । तर यसले आर्थिक अवस्था चौपट भएको छ ।’

संसद्को मुख्य काम नीतिनियम बनाउने भए पनि व्यवहारमा लागू हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘संसदको मुख्य काम नीतिनियम बनाउने हो । सांसदहरु विकासका एजेन्ट भएका छौं । काम भने नियमकानुन बनाउने, अर्कोतिर विकासका कामका ठेकेदार, ठेकापट्टा हाम्रो जिम्मा । हाम्रो काम नियमकानुन मात्र बनाउने हो, यो कुरा व्यवहारमा लागू भएको छैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार