मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैन : अर्थमन्त्री

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा संचालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका हुन् ।

उनले भने,‘आजभोलि चलनचल्तीको भाषा छ–अर्थतन्त्र अहिले दवाबमा छ । राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन् । वास्तबमा म चाँही यो दवाब व्यक्तिगत रुपमा गहिरो रुपमले हेरिरहेको छु । कति भुक्तानीहरु गर्न बाँकी छन् । यदी राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौं भने कसरी अगाडि बढ्न सकौला भन्ने चिन्ता छ ।’

उनले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएतापनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।

उनले भने,‘गत वर्षको तुलनामा केही प्रगती भएको भएतापनि त्यसलाई तुलना गरेर  त्यसमा नै चित्त बुझाएर बस्ने अवस्था छैन् ।’

अर्थमन्त्री पौडेलले भन्सार विभागका कर्मचारीहरुलाई सेवाग्राहीहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलकासाथ काम गर्न निर्देशन समेत दिए ।

उनले भने,‘भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलकासाथ काम गर्नुहोस् । सबै सेवाग्राहीहरुमा मैत्रीपूणै व्यवहार गुर्नुहोस् । र भन्सारका सदस्यरुले दुरुपयोग गर्न सम्भव छैन् भन्ने बुझ्नुहोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार